ग्लोवल म्यानुफ्याक्चरिङ् रिस्क इन्डेस्कः चीन पहिलो र भारत दोस्रो स्थानमा



म्यानुफ्याक्चरिङ् हबमा भारतले अमेरिकालाई पछि पार्दै दोस्रो आकर्षक हब बनेको छ । कामगर्ने वातावरण र लागत प्रतिस्पर्धी भएका कारण भारतले यो लक्ष्य हासिल गरेको हो ।

यसबाहेक भारतले आउटसोर्सिङ्गका आवश्यकताहरु पूरा गरेका कारण यसको र्यांकमा सुधार भएको हो ।

रियलस्टेट सल्लाहकार कुसम्यान एण्ड बेकफिल्डले जारी गरेको ग्लोबल म्यानुफ्याक्चरिङ् रिस्क इन्डेक्स–२०२१ का अनुसार चीन संसारको सबैभन्दा आकर्षक म्यानुफ्याक्चरिङ् हब बनेको छ । अघिल्लो वर्षको रिपोर्टमा अमेरिका दोस्रो र भारत तेस्रो स्थानमा थिए ।

यो इन्डेक्सले यूरोप, अमेरिका र एसिया–प्रशांत(एपीएसी) का ४७ देशमध्ये विश्वभर म्यानुफ्याक्चरिङ्का लागि आकर्षक स्थानहरुको आंकलन गर्छ ।

रिपोर्टका अनुसार संसारमा सबैभन्दा धेरै म्यानुफ्याक्चरिङ्को माग भएका स्थानहरुमा अमेरिका तेस्रो, क्यानडा चौँथो, चेक गणतन्त्र पाँचौँ, इन्डोनेशिया छैटौँ, लिथुवानिया सातौँ, थाइल्याण्ड आठौँ, मलेसिया नवौँ र पोल्याण्ड दशौँ स्थानमा छन् । अमेरिका र एशिया–प्रशांत क्षेत्रका तुलनामा म्यानुफ्याक्चरर्सहरुले भारतमा रुचि देखाएका छन् ।

भारतमा जुलाईमा रजिष्टर्ड २१ प्रतिशत कम्पनीहरु म्यानुफ्याक्चरिङ् सेक्टरका भारतमा रहेका कुल कम्पनीहरुमा म्यानुफ्याक्चरिङ् कम्पनीहरुको संख्या २० प्रतिशत छ । तर, जुलाईमा यो संख्या बढेर २१ प्रतिशत पुगेको छ । पछिल्लो १० महिनामा भारतमा कुल ५५ हजार ४ सय ९९ कम्पनी रजिष्टर्ड(दर्ता) भएका थिए । यसमा २१ प्रतिशत अर्थात् ३ हजार २ सय १७ कम्पनीहरु म्यानुफ्याक्चरिङ्सँग सम्बन्धित छन् ।


क्लिकमान्डु