गण्डकीका अर्थमन्त्रीको सम्पत्तिः एउटा गाई, ४ तोला सुन, १ करोड ऋण



काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा अर्थमन्त्री रामजीप्रसाद बरालले एउटा गाई सहित जग्गालगायतका विवरण सार्वजनिक गरेका छन् ।

बरालसँग हाल पैतृक सम्पत्तिमा प्राप्त गरेको एउटा घर, चार तोला सुन, ३ लाख रुपैँया नगद पैसा रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी बरालका नाममा एभरेष्ट बैंकमा ३ लाख रुपैँया, निफ्राको ६० कित्ता सेयर र अन्य संस्था तथा कम्पनीको ४० कित्ता सेयर रहेको छ ।

बरालकी पत्नी बुद्धिमाया बरालका नाममा रहेको पोखराको अर्घौँमा ४७ लाखको जग्गा छोराले वैदेशिक रोजगारीका क्रममा कमाएको पैसाले किनेको उल्लेख गरेका छन् ।

बरालले एनआईसी एसिया बैंकबाट १ करोड ऋण लिएको विवरण देखाएका छन् । छोराको २ लाख ५० हजार पर्ने बाइक, बुहारीको २ लाख पर्ने स्कुटर र अर्को छोराको पनि २ लाख ५० हजार पर्ने बाइक र ६० हजार मूल्यको गाई विवरणमा उल्लेख छ ।


क्लिकमान्डु