शिक्षामन्त्री श्रेष्ठको सम्पत्तिः १ किलो १९ तोला, बैंकमा ६ करोडबढी, विभिन्न कम्पनीमा सेयर लगानी



काठमाडौं । गण्डकी प्रदेशका शिक्षामन्त्रीले सम्पत्ति विवरण पेश गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा शिक्षामन्त्री मेखलाल श्रेष्ठले करोडौ रकमसहित १ किलो १९ तोला सुनलगायतका विवरण सार्वजनिक गरेका छन् ।

श्रेष्ठसँग हाल १ किलो १९ तोला सुनका साथै ७ किलो २ तोला चाँदी, हिराको औँठी १ थान र १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी श्रेष्ठका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा करोडौं रुपैयाँ रकम जम्मा भएको समेत देखिएको छ ।

श्रेष्ठका नाममा स्याङजा भिरकोटमा १ रोपनीमा बनेको घर र काठमाडौंको नागार्जुनमा ५ आनामा बनेको साढे २ तले पक्की छ भने कास्कीको छिनडाँडामा पनि जग्गा रहेको छ ।

श्रेष्ठसँग गरिमा विकास बैंकको मुद्दति निक्षेपमा ५ करोड ५० लाख रुपैयाँ, गरिमा विकास बैंकमा ४४ लाख ३४ हजार रुपैयाँ, प्राइम बैंकमा १ लाख ७९ हजार, सिटिजन्स बैंकमा २ लाख १२ हजार, रक्षण सहकारीमा १० लाख ३१ हजार, रक्षण सहकारी ९सीएस०मा १८ हजार रुपैयाँ, कुमारी बैंकमा ३५ हजार रुपैयाँ, आँधिखोला सहकारीमा ८ लाख ३५ हजार रुपैयाँ र एभरेष्ट बैंकमा ८६ हजार रुपैयाँ नगद रहेको छ ।

त्यसैगरी श्रेष्ठका नाममा काठमाडौं क्यापिटलमा ५ हजार कित्ता सेयर, रक्षण सहकारीमा २ हजार कित्ता सेयर, आँधिखोला सहकारीमा १ हजार कित्ता सेयर, बंगलादेश बैंकमा ६२३ कित्ता, सम इन्टरप्राइजेजमा ५० प्रतिशत, गणेशसम इन्टरप्राइजेजमा २५ प्रतिशत, गरिमा विकास बैंकमा संस्थापक ४८ हजार ८०५ कित्ता, कामना सेवा बैंकमा २७ हजार कित्ता रहेको छ ।


क्लिकमान्डु