सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु