नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा १३ जनाका लागि जागिर खुल्यो



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विभिन्न तहका १३ जना कर्मचारीका लागि जागिर खुलाएको छ ।

इन्फ्रा एक्सिलेन्स सेन्टर आइइसीका लागि असिस्टेन्ट म्यानेजर १ जना, जोखिम प्रबन्धन (रिस्क म्यानेजमेन्ट)का लागि असिस्टेन्ट म्यानेजर १ जना, क्षेत्रीय नेतृत्व (सेक्टरल लिड्स)मा ४ जनाका लागि जागिर खुलाएको हो ।

त्यसैगरी संस्थान तथा सरोकारवाला संलग्नता र नीति कार्यान्वयन (लिड इन्स्टिट्यूसन एण्ड स्टेकहोल्डरर्स इन्गेजमेन्ट एण्ड पोलिसी एड्भोकेसी) मा १ जना, फाइनान्स र अकाउन्ट शाखामा जुनियर अफिसर १ जना, रिस्क म्यानेजमेन्टमा जुनियर अफिसर १ जना, प्रोजेक्ट फाइनान्सिङ्मा जुनियर अफिसर २ जना, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजर पदमा २ जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।

इच्छुक आवेदकका लागि सेप्टेम्बर ८ तारिखसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु