नेपाली कांग्रेसको संगठन विभागको उपप्रमुखमा व्यवसायी देवीप्रकाश भट्टचन



काठमाडौं । नेपाली कांग्रेसको संगठन विभागको उपप्रमुखमा व्यवसायी देवीप्रकाश भट्टचन मनोनयनभएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टचनलाई संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका छन् ।

कांग्रेस सभापति देउवाले भट्टचनलाई नेपाली कांग्रेसको धारा २५ को ९ बमोजिम संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका हुन् ।

भट्टचन व्यवसायिक समूह प्रभु ग्रुपका अध्यक्ष हुन् । प्रभु ग्रुपले बैंक,बीमा,रेमिटेन्स,हेलिकप्टर,सहकारी लगायतका व्यवसाय संचालन गर्छ ।

भट्चन राजनीतिक रुपमा नेपाली कांग्रेससँग नजिक थिए । उनी गत प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ टिकटको लागि सिफारिस समेत परेका थिए ।


क्लिकमान्डु