बाटोले नछुने जग्गा धितो राखेर पनि ऋण पाइने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बाटोले नभेटाएको जग्गालाई समेत धितो राखी कर्जा दिनुपर्ने भएको छ । राष्ट्र बैंकल मोटर बाटोले नभेटाएको जमिनलाई समेत धितो राखी २० लाख रुपैयाँसम्म कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

मंगलबार केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय गर्नका लागि मोटर बाटोले नभेटाएको जमिनलाई समेत धितो सर्कान भनेको हो ।

यस्तो कर्जाको ब्याजदर भने आधार दरमा २ प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ भने ऋणीले यस्तो प्रकारको कर्जा माग गर्न आएको ७ कार्यदिनभित्र कर्जा स्वीकृत गरिसक्न केन्द्रीय बैंकको निर्देशन छ ।

बैंक तथा वित्त कम्पनीले यस प्रकारको धितोमा कर्जा दिन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ ।

यसबाहेक बैंक तथा वित्त कम्पनीले १ करोड रुपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) सञ्चालनका लागि सोही ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने छ ।


क्लिकमान्डु