नेपाली राष्ट्रिय क्रिकेट टिम सलाम एअरमार्फत् मंगलबार ओमान प्रस्थान



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ ।

अन्तर्र्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ‘आइसीसी सीडब्लुसी लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने ट्राई–सिरिज’मा सहभागीताका लागि १७ खेलाडी तथा ५ खेल पदाधिकारी गरी जम्मा २२ सदस्यीय टिम ओमान उडेको छ । टिमलाई आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले सम्मानसहित बिदाइ गरेका हुन् ।

ढकालले टिमलाई बिदाई गर्दै ‘अन्तराष्ट्रिय सिरिजका ३२ खेलमध्ये विदेशमा खेलिने यहि पहिलो खेलबाट नै नेपालको विजयी शुरुवात हुने’ आशा व्यक्त गरे ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रबन्धक विनोद दासले आइएमई ग्रुप र सलाम एअरको यो सहयोगले टिमलाई हौसला प्रदान गरेको बताए । आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले राष्ट्रिय क्रिकेट टिमसँग सहकार्य गर्दैैजाने प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु