बैंक तथा वित्तीय संस्थाले कम्तीमा १/१ वटा शाखा र एटीएम अपांगमैत्री बनाउनु पर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा शाखा कार्यालय र एटीएम अपांगमैत्री बनाउनु पर्ने भएको छ ।

एउटा स्थानीय तहमा कम्तीमा ५ वटाभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एउटा शाखा र एटीएम लाउञ्ज भएका स्थानमा कम्तीमा एउटा एटीएम अपांगमैत्री बनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले मंगलबार एएकीकृत निर्देशिका २०७७ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै उक्त निर्देशन दिएको हो ।

जसअनुसार अब बैंक तथा वित्त कम्पनीले एक स्थानीय तहमा ५ भन्दा बढी शाखा रहेको अवस्थामा १ वटा शाखा र एटीएम लाउञ्ज अपांगमैत्री बनाउनु पर्नेछ ।

साथै, सबै बैंक तथा वित्त कम्पनीले २०७८ भदौ मसान्तसम्म राष्ट्र बैंकको गुनासो सुनुवाईको लिंक आफ्नो वेवसाइटमा समेत राखिसक्नु पर्नेछ ।


क्लिकमान्डु