काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा, सभा सम्मेलनमा रोक



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निषेधाज्ञा भदौ १६ गतेसम्मका लागि थप गरिएको हो ।

कार्यालयले सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्राहलय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न रोक लगाएको छ ।

साथै चोक तथा खुला स्थानमा मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेरआदि समेत गर्न नपाउने कार्यालय स्पष्ट पारेको छ ।

कार्यालयले पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाएको छ । यसबीचमा शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने तथा स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छैनन् ।


क्लिकमान्डु