बेलायतको ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबारका लागि सम्झौता



काठमाडौं । बेलायतको ख्यातिप्राप्त ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । बेलायतमा रहने नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिनेछ । साथै हरेक करोबारमा ग्राहकलाई एसएमएसबाट जानकारी गराइने कम्पनीको भनाइ छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक मिचेल फायेले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु