घर तथा अफिसमा खाना डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि



काठमाडौं । रेस्टुराँ, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।

बुटवल र भैरहवाका लगभग ५० रेस्टुराँबाट सेवा शुरुवात गरिएको र अन्य रेस्टुराँबाट पनि आगामी दिनमा थपिने सञ्चालक निकेत अग्रवालले बताए ।

काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै शुरु गरिने अग्रवालले बताए ।

शुरुवातमा नै ग्राहकका लागि अफरहरु ल्याएको अग्रवालको भनाइ छ । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

भोजले काठमाडौका ग्राहकलाई जसरी नै बुटवल र भैरहवामा पनि नयाँ अफर सार्वजनिक गर्ने अग्रवालको योजना छ । उपत्यका बाहिर पहिलो पटक सेवा शुरु गरेको भोजले केही दिनमै भैरहवामा पनि सेवा दिने अग्रवालले बताए ।

अग्रवालले गौतम बुद्धको जन्मभूमिमा सेवा शुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने बताए ।

कोभिड १९ का कारणले ग्राहकहरु बाहिर जान रुचाउँदैनन । यो अवस्थामा सबै सुरक्षाका मापदण्डसाथ ग्राहकका अफिस तथा घरमा उनीहरुको मनपर्ने खाना पुर्याउन पाउँदा आफूलाई खुसी लागेको अग्रवालको भनाइ छ ।

ग्राहकहरूले इसेवा, फोनपे, आइएमइ पे, कनेक्ट आइपिएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन् । विदेशमा बसेका नेपालीहरुले आफन्तका लागि पनि अर्डर गर्न सक्नेछन् ।

भोज नेपालको सबैभन्दा लोकप्रिय होम डिलिभरी सेवा भएको अग्रवालको दावी छ । काठमाडौमा चार वर्षदेखि रेस्टुराँ तथा क्याफेको खाना साथै खाद्यान्न, तरकारी, फ्रोजन फूड जस्ता दैनिक उपभोग्य वस्तुहरु ग्राहकको घरसम्म पुर्याउँदै आएको छ ।

काठमाडौ उपत्यकामा भोजसँग करिब ७ सय रेस्टुराँ तथा क्याफे र २० वटा खाद्यान्न स्टोर आवद्ध छन् ।


क्लिकमान्डु