सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो भने मंगलबार ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएकोमा १० रुपैयाँले बढेर १२ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु