पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाले बढाएको हो ।

त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ ।

नयाँ मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ र हवाई ईन्धन प्रतिलिटर ८६ रुपैयाँमा बिक्रीवितरण हुनेछ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ४५० रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु