माग घटेपछि जुलाईमा चीनको कच्चा स्टील उत्पादन ह्वात्तै घट्यो



एजेन्सी । कोरोना कहरका कारण स्टील बिक्रीमा कमी आएपछि चीनको कच्चा स्टील उत्पादन गत महिना घटेको छ ।

राष्ट्रिय तथ्यांक विभागको तथ्यांकअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो ।

जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम भएको विभागले आफ्नो सूचनामा भनेको छ ।

वर्षको पहिलो ७ महिनामा कच्चा स्टिलको उत्पादन वर्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो । चीनले जुलाईमा १ करोड १० लाख टन स्टील उत्पादन गरेको थियो । यो खघिल्लो बर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो ।

एनबीएसका अनुसार जनवरी-जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतको वृद्धि हो ।

हालैका वर्षहरूमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टील उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ ।

चीनले यहाँको १३औं पञ्चवर्षीय योजना अवधि (सन् २०१६–२०२०) को अवधिमा आफ्नो स्टील उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो ।


क्लिकमान्डु