केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर नेपाली बजारमा
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ ।
यो प्युरिफायर प्रिमियम र एक्स्ट्रा सुविधा भएकाले शतप्रतिशत शुद्ध र अल्कलाइनसहितको पिउने पानी प्रदान गर्ने कम्पनीको दावी छ ।
यस प्युरिफायरमा केन्टको आविष्कारशील मिनरल आर.आ. टेक्नोलोजीले शुद्ध पानीमा अत्यावश्यक प्राकृतिक खनिजहरू जोगाउन टीडीएस कन्ट्रोलर प्रयोग गर्दछ जसले शतप्रतिशत शुद्ध र खनिजयुक्त पिउने पानी प्रदान गर्दछ ।
यस प्युरिफायरमा कम्प्युटरले नियन्त्रण गरिएको फिल्टर परिवर्तन अलार्म हुन्छ जसले फिल्टर प्रतिस्थापन गर्ने समय र यूभी फेल अलार्मले जब यू.भी. बत्ती निस्क्रिय हुँदा सचेत गराउँदछ र उन्नत सुरक्षा र सुविधा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
केन्ट सुप्रिम एक्स्ट्रा पूर्णरूपले स्वचालित अपरेसन हुन्छ । जुन भण्डारण ट्याङ्की भरिएपछि बन्द हुन्छ । र, शुद्धिकरण प्रक्रिया तब शुरु हुन्छ जब भण्डारण ट्याङ्कीमा पानी अधिकतम तहभन्दा तल खस्दछ ।
नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रुपैयाँ तोकिएको छ भने यो नेपालभरका सबै प्रमुख रिटेल आउटलेटमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । प्यूरिफायरमा एक वर्षको सेवा वारेन्टी छ ।