अफगानिस्तानमा कार्यरत १५० जना नेपाली मंगलबार आउँदै



काठमाडौं । अफगानिस्तानमा पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितीपछि त्यहाँ कार्यरत नेपालीहरु स्वदेश फर्कने क्रममा भोलि थप १५० जना नेपालीहरु आउने भएका छन् ।

सोमबार दिँउसो आइपुग्ने भनिए पनि केही कारणवश भोलि मंगलबार मात्रै उनीहरु नेपाल आइपुग्नेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जोर्डन एभिएसनमार्फत् अफगानिस्तानमा कार्यरत १५० जना नेपाली नेपाल आइपुग्न लागेका हुन् । यसअघि सोमबार दिउँसो ४ः१५ बजेका लागि निर्धारण गरिएको चार्टर्ड विमान आउने भनिए पनि आज नआउने भएको विमानस्थलले जानकारी दिएको छ ।

‘सोमबार आउने सेड्युल थियो, तर आज नआउने जानकारी प्राप्त भएको छ, आजको तालिका भोलि विहानका लागि सारिएको छ,’ विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

कतारको एआर रायनबाट विमान नेपाल आउन लागेको हो ।


क्लिकमान्डु