मानुषि लघुवित्तको आइपीओ बाँडफाँट, ७ हजारको आवेदन रद्द



काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । सोमबार विहान आइपीओ बाँडफाँट भएको हो ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँटमा ३६ हजार ८५६ जनाले १० कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् भने ३ जनाले ११ कित्ताका दरले आइपीओ प्राप्त गरेका छन् ।

आइपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आइपीओ रद्द भएको छ ।

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म आइपीओको आवेदन खुलाएको थियो ।


क्लिकमान्डु