आरसी कोलाका उत्पादन अब नेपाली बजारमा



काठमाडौं । भेञ्चुरा बोटलर्स प्रालि हल्का कार्बोनेटेड पेय उत्पादनको उत्पादन नेपाली बजार उपलब्ध हुने भएको छ ।

कम्पनीका अनुसार आरसी कोला, माइट्टी रेन, आरसीक्यू लेमन लाइम, आरसीक्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटरलगायतका प्रडक्ट देशभर उपलब्ध हुनेछन् ।

आरसी कोला पुरानो र चिरपरिचित अमेरिकी ब्राण्ड हो । यसको उत्पादनका लागि आवश्य पर्ने कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिने कम्पनीको भनाइ छ ।

मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रक्रियामा आरसी कोला तयार पारिन्छ ।

सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन शुरु गरिएको आरसी कोलाले विगत ११६ वर्षदेखिसंसारभरका उपभोक्तामा लोकप्रिय छ ।

आरसीका उत्पादनहरुको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको छ ।


क्लिकमान्डु