ग्लोबल आइएमईको मेरी उनीलाई स्वस्थ नारी अभियान सञ्चालन



काठमाडौं । ग्लोबल आइएमई बैंकले महिला सशक्तिकरणका लागि नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत ग्लोबलले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

यसअघि बैंकले महिलाको आर्थिक सशक्तिकरणका लागि मेरी उनीलाई मुद्दती बचत खाता संचालनमा ल्याएको थियो ।

यो पहलले ग्रामीण तथा अर्ध-सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाका लागि प्रभावकारी हुनसक्ने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई ध्यानमा राखीे विभिन्न संघसंस्थाको समन्वयमा विपन्न तथा पिछडीएका महिलाहरुको स्वास्थ्य तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।


क्लिकमान्डु