प्रस्तावित नेपाल सहकारी बैकको सम्पर्क कार्यालय स्थापना



काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रस्तावित बैकले मध्यबानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिनापछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ ।

प्रस्तावित बैकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।

नेपाली काग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैक सञ्चालनमा आउने बताए । उनले पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैकको अपरिहार्य रहेको उल्लेख गरे ।

उनले एउटामात्र बैकले करिब ३४ हजार सहकारीलाईसमेट्न नसकेपछि नेपाल सहकारी बैक स्थापना गर्न लागिएकोमा खुसी लागेको बताउँदै यसका लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे ।

उनले प्रधनमन्त्री शेरबहादुर देउवाको समेत प्रस्ताबित सहकारी बैक स्थापना गर्ने चाहना रहेको बताए ।

प्रस्तावित बैकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने दावी समेत गरे ।

उनले राष्ट्र बैंकले तोकेअनुसारको सबै प्रक्रिया पूरा गरी अन्तिम चरणमा रहेको उल्लेख गर्दै ६ महिनाभित्र अनुमतिपत्र लिएर बैंक सञ्चालनमा आउने बताए ।

साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा बिस्तार गरिने उनको भनाइ थियो । यसअघि बैकले गएकोमाघ १७ गते प्रारम्भिक भेला आयोगना गरी बैक स्थापनाको प्रक्रिया शुरु गरेको थियो ।


क्लिकमान्डु