‘नेपाल भ्रमण वर्ष’ अभियानमा ३५ करोड २८ लाख खर्च



काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० को अभियानमा कुल ३५ करोड २८ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । महालेखापरीक्षकको ५८औं प्रतिवेदन अनुसार उक्त रकम खर्च भएको हो ।

कोरोना महामारीका कारण बीचमै स्थगित गर्नु परेको भ्रमण वर्षको कार्यक्रमपछि नेपाल भ्रमण वर्ष सचिवालय पनि खारेज गरिएको थियो । सचिवालयले ५० करोडभन्दा बढी रकमका कार्यक्रम तय गरेको थियो ।

प्रतिवेदनमा कोरोनाका कारण पर्यटन तथा उड्डयन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ११ लाख मानिसहरु बेरोजगार भएको र करिब १५ खर्ब लगानी भएको पर्यटन क्षेत्रमा प्रतिमहिना १० अर्ब रुपैयाँ नोक्सानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु