७ एयरलाइन्सद्वारा ५२ करोड कर छली, छानबिन गर्न महालेखा परीक्षकको निर्देशन



काठमाडौं । हवाई टिकटमा ७ वटा हवाई कम्पनीले ५२ करोड रुपैयाँ कर छली गरेको पाइएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार हवाई टिकटमा लाग्ने ५१ करोड ९८ लाख ८९ हजार रुपैयाँ कर छली गरेको पाइएको छ ।

नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ ।

उक्त व्यवस्था दअनुसार उडान भर्ने एयरलाइन्सको टिकट जुनसुकै देशबाट जारी भए पनि नेपालबाट प्रस्थान हुने यात्रुको आधारमा हवाई सेवा कर लाग्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आन्तरिक राजस्व कार्यालय पुतलिसडकमा दर्ता भएका ५ वटा कम्पनी, बानेश्वर र टंगालमा दर्ता भएका १÷१ वटा कम्पनी गरी ७ वटा कम्पनीले आर्थिक वर्षै २०७५/७६ मा नेपालबाट उडान भर्दा प्राप्त तथ्यांकका आधारमा करिब ५२ करोड रुपैयाँ कम कर दाखिला गरेको पाइएको छ । कार्यालयले उक्त रकम र सोमा लाग्ने शुल्क तथा ब्याज असुल गर्न छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु