सरकारको बेरुजु ६ खर्ब ७६ अर्ब, गतवर्ष मात्र १ खर्ब ४ अर्ब बेरुजु थपियो (पूर्णपाठ)



काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखाको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेको हो ।

यसवर्ष संघ सरकार, प्रदेशका सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाकोसमेत गरी ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सरकारको तगवर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ३२ करोड रुपैयाँ फछ्यौट तथा समायोजन गरिएकोमा १ खर्ब ३ अर्ब ८५ करोड फछ्यौट भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणबाट थपिएको १ खर्ब ४ अर्ब ३८ करोड रुपैयाँ बराबर बेरुजु देखिएको छ । अघिल्ला वर्षहरुको बेरुजु र गतवर्षकोसमेत जोड्दा सरकारको कुल बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा संघ सरकारको ३ हजार ७९ वटा सरकारी निकाय र कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ४४ अर्ब ३९ करोड अर्थात् २.८६ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै, प्रदेश मातहतका १ हजार १९ वटा निकाय र कार्यालयहरुको २ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ६ अर्ब ५० करोड अर्थात् २.७४ प्रतिशत बेरुजु देखिएको छ ।

५८४ वटा विभिन्न समिति तथा संस्थाको १ खर्ब ६३ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा १२ खर्ब ६६ करोड अर्थात् ७.७४ प्रतिशत बेरुजु देखिएको छ ।

स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ बराबरको लेखापरीक्षणमा ५ प्रतिशत अर्थात् ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बेरुजु रहेको देखिन्छ ।


क्लिकमान्डु