कुमारी बैंकद्वारा महामारी नियन्त्रण कोषमा ५० हजार सहयोग



काठमाडौं । कुमारी बैंकले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्नका लगायत न्यून आमदानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको छ ।

एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टिन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्न व्यवस्थाका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु