बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सञ्चालनमा



काठमाडौं । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशनमा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएका पीओएस मेसिनमा प्रयोग गर्न मिल्ने सुविधा ल्याएको हो ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिनेछ ।

हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणका लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दुरी कायम गर्न सहज हुने बैंकको विश्वास छ ।

हाललाई यस प्रविधिमार्फत् ग्राहकले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ वटा एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल