आईएमई लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ९७.९९% ले बढ्यो



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आवमा १३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.०५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १२ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड ७७ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा ५४.०८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जगेडा कोषमा ३१ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको आवमा जीवन बीमा कोषमा २ अर्ब ९७ करोड २९ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा १०३.१९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २३ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १४ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ६८ करोड ६ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यो अघिल्लो आवको तुलनामा ३४६.७३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले जम्मा १५ करोड २३ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ५१ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ ।      

साथै, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ९ रुपैयाँ ३१ पैसा, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८० पैसा, प्रतिसेयर कुल सम्पत्ति ३५० रुपैयाँ १५ पैसा रहेको छ ।


पुष्प दुलाल