सेयर खरिद प्रकरणः आवश्यक परे न्यायाधीशकै नेतृत्वमा छानबिन समिति बनाउँछौंः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमा नियामक निकायका प्रमुखहरुले खरिद गरेको विषयमा हतारमा अनुसन्धान गरेर दोषीलाई उम्काउने पक्षमा आफू नरहेको बताएका छन् ।

शुक्रबार अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले प्रक्रियागत रुपमा अनुसन्धान गरिएन र हतारमा काम गरियो भने दोषी उम्कन सक्ने भन्दै समय लिएर बिस्तृतमै छानबिन गर्ने बताएका हुन् ।

‘हतारमा छानबिन गर्दा दोषी उम्किन सक्छन् । यसमा हामी सचेत छौं । अहिले अनुसन्धान चलिरहेकाले मैले धेरै कुरा बोल्न मिल्दैन,’ अर्थमन्त्री शर्माले भने, ‘मन्त्रालयले गठन गरेको छानबिन समितिले समस्या कहाँ–कहाँ छन् भनेर बिस्तृत छानबिन गर्नका लागि कार्यादेश पाएको छ ।’

यस विषयमा थप अनुसन्धान आवश्यक भएमा बहालवाला न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउने विषयमा पनि मन्त्रालयले तयारी गरिरहेको अर्थमन्त्री शर्माले बताए ।


पुष्प दुलाल