३ दिन बैंक तथा वित्तीय संस्था बन्द रहने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु ३ दिन लगातार बन्द हुने भएका छन् । भदौ ५ गतेदेखि ७ गतेसम्म सार्वजनिक बिदा परेका हुँदा बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

भोलि (शनिबार) नियमित सार्वजनिक विदा हो । यससँगै, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रामा समेत सार्वजनिक विदा हुने भएको हो । जसले गर्दा ग्राहकले बैंकमा अत्यावश्यक काम भएमा शुक्रबार नै सम्पन्न गराउनुपर्ने हुन्छ ।

यसअघिसम्म गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएकोमा यसपटक सरकारले देशभर विदा दिने निर्णय गरेको छ । विगतका वर्षमा गाइजात्राको दिन काठमाडौं उपत्यका बाहेकका जिल्लामा विदा हुँदैनथ्यो ।

यस अवधिमा बैंकका शाखा कार्यालय बन्द भए पनि डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ भने सञ्चालनमा आउने छन् । यस्तै बैंकहरुको एटीएम सेवा पनि नियमित रुपमा हुने छन् ।


पुष्प दुलाल