प्रधानमन्त्री सरकारी आवास निर्माण कार्य ८२% सम्पन्न



काठमाडौं । प्रधानमन्त्री सरकारी आवास निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभागको मातहतमा रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको अनुसार सो आवास निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भइसकेको छ ।

सरकारले २०७६ साल भदौ १५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी कन्टेक प्रालिसँग सम्झौता भएको थियो । सो भवनको लागत ३३ करोड ८० लाख रुपैयाँ रहेको कार्यालयले जनाएको थियो । सोही अनुसार निर्माण भई हालसम्ममा १९ करोड ३६ लाख रुपैयाँ खर्च भइसकेको छ ।
कोरोना महामारीले गर्दा निर्माण कार्य धकेलिए पनि अन्य भवनको तुलनामा उल्लेख्य भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

र्यालयका प्रमुख दिलिप शेखर श्रेष्ठका अनुसार आगामी भदौमा ११ गते म्याद सक्ने भनिएता पनि कोरोनाका कारण बीचमा कार्य ठप्प भएकाले ६ महिना थप हुनेछ । उक्त समयमा सो भवनको निर्माण कार्य सम्पन्न उनले बताए ।

‘कोरोनाले निरन्तर काम गर्न र निर्माण सामग्रीको समस्या झेल्नुपरेकोले ढिलाई भएको हो,’ उनले भने, ‘तर, सरकारले म्याद थप गरेमा निर्माण कार्य समयमै सक्नेछ ।’

सो प्रधानमन्त्री सरकारी आवास निर्माणमा हालसम्ममा निजी ब्लकमा एमईपी र इलेक्ट्रिकल राइटिङको ९५ प्रतिशत तथा फल्स् सेलिङको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । त्यस्तै, आइपीएस फ्लोरिङ ८५ प्रतिशत, लिफ्ट इन्स्टलेटिङ, दाची ब्रिकको कार्य ९५ प्रतिशत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी कार्भ वुडन थमको कार्य पूर्ण र कार्भ वुडन अन कोलुमको ७० प्रतिशत निर्माण भएको छ । त्यसमा पब्लिक ब्लकको ब्रिक वर्कको कार्य भई दाची ब्रिकको कार्य भइरहेको छ ।

कार्यालयका अनुसार रुफ ट्रस इन्स्टलेसनको प्ले वुडसम्मको कार्य, एमईपी र इलेक्ट्रििक वाइरिङको कार्य ७० प्रतिशत र कोर्टयार्डमा ट्रस इन्स्टलेसन वर्कको करिब ९० प्रतिशत कार्य सम्पन्न भएको छ ।

करिब ५ रोपनी क्षेत्रमा प्रधानमन्त्रीको पारिवारका लागि आवास र आगन्तुकसँग भेटघाट गर्न सार्वजनिक भवन बनाउने भएको हो ।
सार्वजनिक भवनमा मिनी क्याबिनेट चलाउन मिल्ने हल, बैंक्वेट हल र प्रेस सेन्टर रहनेछन् । उक्त दुबै तीन तले भवन हुनेछ । साथै सो आवासमा भने बंकर पनि बन्नेछ ।


क्लिकमान्डु