नेपाल पुनर्बीमा कम्पनीमा २० जनाका लागि जागिर खुल्यो



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदमा २० जनाका लागि जागिर खुलाएको छ । कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि १०औं तहसम्म पदमा जागिर खुलाएको हो ।

कम्पनीले खुला, समावेशी र आन्तरिक प्रतिष्पर्धाका आधारमा परिपूर्ती गर्ने गरी विज्ञापन खुलाएको हो । कम्पनीले खुलाएको विज्ञापनमा अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ । जसमा भदौ २४ गतेसम्म आवेदन दिन पाइनेछ भने दोब्बर दस्तुर तिरेर भदौ ३१ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीका अनुसार पाँचौ तहका लागि ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ भने समावेशीमा प्रति समूहका लागि थप २ सय रुपैयाँ लाग्नेछ ।

त्यसैगरी छैटौं, सातौ र आठौं तहका लागि १ हजार रुपैयाँ आवेदन शुल्क र समावेशी समूहमा प्रतिसमूह थप ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ । कम्पनीले नवौं र दशौं तहका लागि आवेदन शुल्क १२ सय रुपैयाँ र समावेशीतर्फ प्रत्येक समूहका लागि थप ५ सय रुपैयाँ शुल्क लाग्ने विज्ञापनमा उल्लेख गरेको छ ।


क्लिकमान्डु