प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क आर्जन २१.३% ले बढ्यो



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले  आव २०७७/७८ मा १ अर्ब २९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आवमा १७ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जुन अघिल्लो आवको तुलनामा २७.६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आवमा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

कम्पनीको जगेडा कोषमा २५ करोड ८७ लाख रुपैयाँ जुन अघिल्लो आवको तुलनामा ४.७३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको जगेडा कोषमा २४ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आवमा बीमा कोषमा ६२ करोड ४२ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आवको तुलनामा १६.५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको बीमा कोषमा ५३ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ४ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले ५८ करोड ४७ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । यो अघिल्लो आवको तुलनामा १७.३९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले जम्मा ७० करोड ७९ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो ।

साथै, ३७ करोड ६३ लाख रुपैयाँ  दावी भुक्तानी हुन  बाँकी रहेको छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ५ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा, पिई रेसियो ४७ गुणा, प्रतिसेयर कुल सम्पत्ति ३०५ रुपैयाँ ५ पैसा रहेको छ ।


क्लिकमान्डु