वाणिज्य बैंकहरुले दिने कर्जाको ब्याजदर घट्यो, औषतमा ६.९६ प्रतिशत



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कर्जा ब्याजदर घटाएका छन् । जसका कारण वाणिज्य बैंकहरुबाट पाइने कर्जाको ब्याजदर घटेको छ ।

बैंकहरुले अघिल्लो आवका कायम आधारदर (बेसरेट) घटाएर औषतमा ६.८९ प्रतिशत कायम गरेका हुन् । अघिल्लो आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुको औषत बेसरेट ८.५० प्रतिशत थियो । एक वर्षको अवधिमा बेसरेट १.२८ प्रतिशत बिन्दुले घटेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंक सबैले एक वर्षको अवधिमा बेसरेट घटाएका छन् । जसमा ०.३९ प्रतिशत बिन्दुदेखि २.२८ प्रतिशत बिन्दूसम्मले बैंकले बेसरेट घटाएका छन् ।

सो अवधिमा सबैभन्दा बढी बेसरेट सानिमा बैंकले र सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकले घटाएको हुन् ।

गत आवमा सबैभन्दा बढी बेसरेट कुमारी बैंकको ७.९० प्रतिशत र सबैभन्दा कम राष्ट्रिय बाणिज्य बैंकको ५.४१ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदरदर आधारदरको आधारमा तय गर्छन् । आधारदरमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर बैंकहरुले निर्धारण गरेका हुन्छन् ।

कर्जा लिनुअघि कुन बैंकको बेसरेट कति छ भनेर निक्र्यौल गर्न आवश्यक हुन्छ । प्रायजसो बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा आफ्नो बेसरेट परिवर्तन गर्छन् । तर केही बैंकहरुले मासिकरुपमा र त्रैमासिकरुपमै बेसरेट परिवर्तन गर्ने हुँदा अहिले घटेको बेसरेट अर्को महिनामै परिवर्तन हुनसक्ने हुन्छ ।

कुन वाणिज्य बैकको बेसरेट कतिले घट्यो ?
अघिल्लो आवको तुलनामा ७ वटा वाणिज्य बैंकले २ देखि २.२८ प्रतिशतले बेसरेट घटाएका छन् । साथै, १७ वटा बैंकले १ देखि २ प्रतिशतसम्म र ३ वटा बैंकले १ प्रतिशतभन्दा कमले बेसरेट घटाएका छन् ।

यसैगरी गत आवको असार मसान्तसम्म १५ वटा बैंकको बेसरेट ७ प्रतिशतको हाराहारीमा, ६ वटा बैंकको ६ प्रतिशतको हाराहारीमा र ६ वटा बैंकको बेसरेट ६ प्रतिशतको हाराहारीमा छ ।


क्लिकमान्डु