नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार रकम २० अर्ब ४९ करोड



काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको करेक्सन देखिएको छ ।

नेप्से परिसूचक १८.२४ बिन्दुले घटेर ३ हजार १८०.७८ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.३३ बिन्दुले घटेर ५९०.१५ मा ओर्लेको छ ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम २० अर्ब रुपैयाँ बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २२९ कम्पनीकाृे ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ उपसमूहको सेयर मूल्यमा उकालो लागेको छ भने ८ उपसमूहको सेयर ओरालो लागेको छ । व्यापार १८.१७, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३, जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ । यस्ते, बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१ञ्, उत्पादन १९.२८, सामूहिक लगानी कोष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ ।

जीवन विकास लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाग्दा रिडी हाइड्रोपावर ८.९५, साना किसान लघुवित्त ७.५१, सिइडिबी हाइड्रोपावर ६.९५ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाए । त्यस्तै, एचआइडिसिएल, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लाग्यो । ङादी ग्रुप अफ पावर ८.७६ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.१८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु