राजस्व र भन्सारका महानिर्देशक परिवर्तन, राजस्व दोब्बर गर्ने जिम्मा पौडेल र सापकोटालाई



काठमाडौं । सरकारले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक हेरफेर गरेको छ ।

मन्त्रालय स्रोतकाअनुसार शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभाग र नारायणप्रसाद सापकोटालाई भन्सार विभागको जिम्मेवारी दिइएको छ ।

आन्तरिक राजस्व विभागको महानिर्देशक जिम्मेवारी पाएका पौडेल यसअघि ठूला करदाता कार्यालय प्रमुख, अर्थमन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखा र भन्सार विभागको उपमहानिर्देशकका रुपमा काम गरिसकेका छन् ।

त्यस्तै भन्सार विभागका महानिर्देशक सापकोटा यसअघि त्रिभुवन अन्तराट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत थिए ।

उनलाई सञ्चारबाट अर्थमन्त्रलाय बोलाएर भन्सार विभाग पठाइएको हो ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई अर्थ मन्त्रालय तानिएको छ । भुसाल र आचार्य दुवैजनालाई मन्त्रालयमा कुनैपनि जिम्मेवारी नदिई राखिएको छ ।

भुषाल र आचार्य दुबै फागुनमा महानिर्देशकको जिम्मेवारी पाएका थिए। अर्थमन्त्रालय अन्तर्गत भन्सार र आन्तरिक राजस्व विभागलाई शक्तिशाली र आकर्षक विभाग मानिन्छ ।


क्लिकमान्डु