प्रि-ओपनिङमा नेप्से ९.५० अंकले बढेर ३२ सयमाथि, ७२ कम्पनीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ९.५० अंकले बढेर ३२०८.५३ अंकमा पुगेको छ । प्रि-ओपनिङमा ७२ वटा कम्पनीको कारोबार भएको छ ।

जसमा ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा मञ्जुश्री फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, साइन रेसुंगा विकास बैंक, नेको इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम् सिमेन्ट र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेय मूल्य २ प्रतिशतले बढेको छ ।

त्यसैगरी प्रि–ओपनिङमा खानीखोला हाइड्रोपावर, वरुण हाइड्रोपावर, गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने २ प्रतिशतले घटेको छ ।


पुष्प दुलाल