ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ्ग पहुंच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।
त्यस्तै, अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारीपत्रमा उल्लेख छ । हस्ताक्षर कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्यहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेका थियो ।