नबिल बैंकको खातामा एटीएमबाटै पैसा जम्मा गर्न सकिने



काठमाडौं । नबिल बैंकले ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै एटीएम मेसिनबाट पैसा खातामा जम्मा गर्न सकिने सुविधा ल्याएको छ ।

आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने क्रममा नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत् रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो ।

यो प्रविधि नबिल बैंकले शुरुवातमा तीनधारा शाखा र पुल्चोक शाखाबाट शुरु गरेको छ । अब ग्राहकले मेशिनमा एक हजार, ५ सय र एक सय दरका नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९ सयसम्म जम्मा गर्न सकिनेछ । साथै यसमार्फत् नबिलको कुनै पनि बचत र चाल्ती खातामा रकम जम्मा गर्न सकिनेछ । साथै यो सुविधामार्पmत् ग्राहकहरुले आङ्खनो क्रेडिट कार्ड भुक्तानी पनि गर्न पाउनेछन् ।


पुष्प दुलाल