कोरियाली लगानीको माथिल्लो त्रिशुली-१ को निर्माण शुरु, झण्डै ७० अर्ब लागत



काठमाडौं । कूल २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरियाली प्रवद्र्धक रहेको सो आयोजनाको मंगलबारदेखि निर्माण शुरु गरिएको हो ।

आयोजनको कूल लागत ६४ करोड ७३ लाख अमेकिरी डलर अर्थात् झण्डै ७१ अर्ब बराबर रहने अनुमान गरिएको छ । आयोजनाले वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख यूनिट बिजुली उतपादन गर्नेछ ।

आयोजनाले वर्षामा ६१.२५ प्रतिशत र हिउँदमा ३८.७५ प्रतिशत बिजुली उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । आयोजनाले हिउँदमा समेत १०४ मेगावाट बिजुली उतपादन गर्ने गरी डिजाइन गरिएको छ ।

अमेरिकी डलरमा विद्युत् खरिद बिक्री स्म्झौता गरिएको सो आयोजनाका लागि सरकारले हेजिङ फण्डको समेत व्यवस्था गरेको छ । आायोजनामा स्थानीयबासीको १० प्रैतिशत शेयर सुनिश्चित गरिएको छ ।

यस्तै, आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी जुटाइएको छ । काठामडौँ नजिकै भएकाले पनि विजुलीको अत्याधिक माग हुने समयमा आयोजना प्रभावकारी हुने विश्वास लिइएको छ । आयोजना २०८३ मंसिरमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको प्रारम्भिक चरणमा भेन्टिलेशन टनेलको काम शुरु गरिएको हो । उत्तः टनेल २४६ मिटर रहेको छ । आयोजनामा हाल २०० कामदार परिचालित भएका छन् ।


क्लिकमान्डु