सेयर बजारमा उछाल, नेप्से ३८ अंकले बढ्दा करिब साढे २१ अर्बको कारोबार



काठमाडौं । लगानीकर्ताको आकर्षण विकास बैंक र फाइनान्स कम्पनीमा देखिँदा बुधबार सेयर बजारमा उछाल देखिएको छ । नेप्से परिसूचक २८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेको छ ।

यो दिन ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको छ । यो दिन १३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन विकास बैक, फाइनान्स र उत्पादनमुलक कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक ५.५ प्रतिशत, फाइनान्स ४.८७ प्रतिशत र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङतर्फ ३.५५ प्रतिशतको वृद्धि देखिएको छ ।

यो दिन आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अरुण काबेली पावर, आँखुखोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंक छन् ।


क्लिकमान्डु