राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले बुधबार जारी गरेकी हुन् ।

मन्त्रिपरिषदको बैठकले मंगलबार दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

अध्यादेशमा दल विभाजनका लागि २० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ । यसअघि उक्त व्यवस्था ४० प्रतिशत थियो ।


क्लिकमान्डु