सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सको माग गर्दै विकास बैंकले धितोपत्र बार्डलाई लेखे पत्र



काठमाडौं । विकास बैंकहरुले सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिन माग गर्दै नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेका छन् । बोर्डको नियमावलीमा व्यवस्था भए अनुसार नै सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन माग गर्दै उनीहरुले बुधबार विज्ञप्ति समेत जारी गरेका छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्पmत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ भन्ने व्यवस्था छ । र, सोही ऐनलाई कार्यान्वयन गर्नका लागि बोर्डले बनाएको धितोपत्र व्यवसायी नियमावलीमा बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ ।
उक्त व्यवस्थाअनुसार बिकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीमार्फत् धितोपत्र व्यवसाय गर्ने अनुमति प्रदान गरिदिनका लागि बोर्डलाई पत्र लेखेका हुन् ।

‘राष्ट्रिय स्तरका बिकास बैंकहरुको औंषत चुक्ता पूँजी ३ अर्व ४० करोड रुपैंयाँ नाघि सकेको छ । त्यस्तैगरी बिकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई बैंकिङ सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तैगरी, २०७८ असार मसान्त सम्ममा ४४५ अर्व रुपैंयाँ निक्षेप परिचालन गरी ३८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेका छन्,’ जारी विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु