अरुण काबेली पावर लिमिटेडद्वारा लाभांश घोषणा



काठमाडौं । अरुण काबेली पावर लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले विशेष प्रस्तावमार्फत् आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बोनस वितरणपछि कायम चुक्तापुँजीमा १ बराबर १ का दरले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिने समेत निर्णय गरेको छ ।

साथै कम्पनीले सेयरधनीलाई कर प्रयोजनका लागि ०.८९ प्रतिशतले हुन आउने लाभांश कर प्रयोजनका लागि वितरण गर्ने समेत निर्णय गरेको छ ।

साथै कम्पनीको सञ्चालक समितिमा ७ जना रहेकोमा उक्त संख्यालाई घटाएर ५ जनामा सीमित गर्ने समेत प्रस्ताव पेश गरेको छ ।
कम्पनीले आगामी भदौ २६ गतेका लागि साधारण सभा समेत बोलाएको छ ।


क्लिकमान्डु