स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’



काठमाडौं । अनलाइन मेगास्टोर स्मार्टडोकोले रक्षाबन्धनको अवसरमा ग्राहकका लागि ‘रक्षाबन्धन अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् ।

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक ९रु ५०० सम्म०, साथैे माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक ९रु ५०० सम्म०को छुट पाउनेछन् ।

स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजना समेत ल्याएको छ । साथै पफ्र्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छु्टको अफर ल्याएको छ । ग्राहकहरुले अफर प्राप्त गर्नका लागि स्मार्टडोको एप डाउनलोड गर्नुपर्ने हुनेछ वा स्मार्टडोको वेबसाइटमा गएर अर्डर गर्नुपर्नेछ ।

स्मार्टडोकोसँग हाल विभिन्न क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्ट र विभिन्न सब क्यागेटोरीमामा सामान उपलब्ध छन् । जसमा ग्राहकले सहज ढंगले आफूलाई मन पर्ने प्रडक्टहरु बेबी केयर, इलेक्ट्रिोनिक्स, फूड तथा ग्रोसरी, कोभिड इसेन्सियल, हेल्थ एण्ड ब्यूटी तथा होम एण्ड लिभिङलगायतका विभिन्न प्रडक्ट खरिद गर्न सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ ।

यो अफर भदौ २ गतेदेखि भदौ ५ गतेसम्म लागू हुनेछ ।


क्लिकमान्डु