भू-सेवा सञ्चालनामा इच्छुक बैंक तथा वित्तीय संस्था १५ गतेसम्म आवद्ध हुन सक्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पारित हुने धितोबन्धक र रोक्का÷फुकुवा सेवा सञ्चालनका लागि आवेदन दिन म्याद थप गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्था (बाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सहकारी संस्था)लाई सञ्चालनका लागि आबद्ध हुन म्याद थप गरेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सूचना जारी गर्दै आगामी भदौ १५ गतेसम्ममा भू-सेवा सञ्चालनका लागि अनुमति दिन मिल्ने जनाएको छ ।

विभागले बैंक तथा वित्तीय संस्थालाई भू–सेवा केन्द्रको अनुमति प्रदान गर्ने व्यवस्था गरिएसँगै साउन १ गतेदेखि आवेदन खुल्ला गरिएको थियो । उक्त आवेदन खुल्ला गरेको समयमा बैंक तथा वित्तीय संस्थाले निवेदन दिनको लागि समय अपर्याप्त भएको भनी म्याद थपको लागि अनुरोध भई आएकाले विभागले आगामी १५ गतेसम्म खुल्ला गरिएको विभागले जनाएको छ ।

साथै, सो अवधिभित्रमा बैंक तथा वित्तीय संस्थाहरूको प्रधान कार्यालयबाट सोही क्षेत्रको भूमिसुधार÷मालपोत कार्यालयमा अनलाइन आवेदन पेश गरी भू–सेवा सञ्चालन अनुमति लिन अनुरोध गरेको छ ।


क्लिकमान्डु