जगदम्बा मोटर्स टिभिएसद्वारा अपाचे १६० २भी सार्वजनिक, मूल्य कति ?



काठमाडौं । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले ‘अपाचे १६० २भी’ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।

उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सानो भर्याङस्थित शोरुममार्फत् कमेडी च्याम्पियनका शीर्ष ६ सहभागीद्वारा सार्वजनिक गरिएको हो ।

अपाचे १६० २भीको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेश गरिएको छ । जुन पहिलाको सोही गाडीको संस्करणभन्दा भिन्न र फरक डिजाइनको रहेको कम्पनीको दावी छ । यसैगरी यसको पछाडि १२०/७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ । यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ । जसले राइडरलाई स्पीड नियन्त्रणबारे जानकारी दिन्छ ।

अपाचे १६० २भीमा बेस्ट इन क्लास आरटीआर ओभरस्क्वेर इञ्जिन छ । जसले ८ हजानर आरपीएममा १४.१४ पिएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपीएममा १३.२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ ।

यसैगरी यसमा बेस्ट इन क्लास एमआइजी सस्पेन्सन सक अप राखिएको छ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरियन्टमा उपलब्ध छ । यसको मूल्य भने २ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सका लागि एकमात्र आधिकारिक वितरक हो ।


क्लिकमान्डु