सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा मंगलबार ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य ९० हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा मंगलबार १० रुपैयाँ बढेर १२ सय १० रुपैयाँ कायम भएको छ ।