सहारा विकास बैंक प्राप्ति गर्न गरिमा विकास बैंकले बोलायो विशेष साधारणसभा



काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष साधारण सभा बोलाएको छ । बैंकले भदो १५ गते केन्द्रीय कार्यालय लाजिम्पाटमा विहान १० बजेका लागि विशेष साधारण सभा बोलाएको हो ।

गरिमा विकास बैंकमा सहारा विकास बैंक प्राप्तिपछि गरिमा विकास बैंक लिमिटेडका नामबाट वित्तीय कारोबार हुनेछ । गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक प्राप्ति प्रयोजनका लागि चल, अचल, सम्पत्ति र दायित्व मूल्यांकन गर्न संयुक्त मर्जर समितिबाट लेखापरीक्षक नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गरेकोमा सञ्चालक समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण सम्बन्धि निर्णयलाई अनुमोदन गर्ने समेत विशेष साधारण सभामा प्रस्ताव पेश गरिनेछ ।

बैंकका अनुसार सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ निर्धारण गरिएको छ ।

गरिमाले सहारालाई प्राप्ति गरेपछि बैंकको कुल चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ ८ पैसा हुनेछ । हाल गरिमाको जारी तथा चुक्तापुँजी २ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०१ रुपैयाँ ८ पैसा र सहारा विकास बैंकको जारी तथा चुक्तापुँजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँ रहेको छ ।


पुष्प दुलाल