सनराइज बैंकद्वारा ३ वटा शाखारहित बैंकिङ सेवा बिस्तार



काठमाडौं । सनराइज बैंकले शुक्रबार र शनिबार बाँकेको बैजनाथ गाउँपालिका र रौतहटको चन्द्रपुर विर्तामा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।

साथै आइतबार बैंकले सिरहाको सुखिपुर लडकन्हा पनि शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८७ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागि नौवस्ताका रामसिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु