सोमबार ५.७५ अंकले बढ्यो नेप्से



काठमाडौं । आइतबार करेक्सन देखिएको सेयरबजारमा सोमबार सामान्य वृद्धि देखिएको छ ।

नेप्से परिसूचक ५.७५ अंकले बढेर ३१६०.०९ अंकमा पुगेको छ । यो दिन २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँमा कारोबार भएको छ । यो दिन १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।

यो दिन ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा जीवन विकास लघुपिव्रत्त , रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।


क्लिकमान्डु